गौतमले आज नेकपा एकता राष्ट्रिय अभियान घोषणा गर्दै

राम्रो अनलाइन     १४ माघ २०७७, बुधबार

दुई चिरा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई एक बनाउने भन्दै उपाध्यक्ष वामदेव गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेलगत्तै नेकपामा दुई भाग विभाजन भएको थियो । गौतम भने तटस्थ रहेर पार्टीलाई पुन: एकता गर्ने अभियानमा लागेको बताउँदै आएका छन् ।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी नेकपा एकता राष्ट्रिय अभियानको घोषणा हुने गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए । सो कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई निम्तो दिइएको छ । तर, ओली र प्रचण्ड आउने-नआउने निश्चित छैन ।

गत पुस ५ गते संसद विघटन भएपछि नेकपा विभाजित अवस्थामा छ । एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् । 

प्रतिक्रिया