एन्जल डंगोल  भन्छिन् : ‘आर्ट फिल्डमा केही नयाँ कुरा स्टार्ट गर्न मोडल हन्टमा आएकी हुँ’

राम्रो अनलाइन     २२ माघ २०८१, मङ्गलबार
एन्जल डंगोल  भन्छिन् : ‘आर्ट फिल्डमा केही नयाँ कुरा स्टार्ट गर्न मोडल हन्टमा आएकी हुँ’

ललितपुर सानेपाकी ३० वर्षिया एन्जल डंगोलले एमबीएस गरेकी छिन् । उनले विभिन्न कर्पोरट कम्पनीहरूमा काम गरिसकेकी छिन् । उनी बास्केट बल खेलाडी पनि हुन् । मोडलिङमा उनलाई सानैदेखि रुची थियो । तर उनले प्रतियोगितामा भाग लिने अवसर भने पाएकी थिइनन् । श्रृखंला खतिवडा मिस नेपाल वीनर भएको वर्ष एन्जलले पनि मिस नेपालमा भाग लिएकी थिइन् । 

आर्ट फिल्डमा केही नयाँ कुरा स्टार्ट गर्नु थियो एन्जल भन्छिन्, ‘मोडल हन्ट प्रतियोगिता उपयुक्त प्लेटफर्म लागेर यसमा भाग लिएकी हुँ ।’ ट्रेनिङ निकै उपयोगी रहेको उनी बताउँछिन् । ग्रुमिङ क्लासमा डेली लाइफ र प्रफोसनल लाइफमा चाहिने धेरै विषय सिकाइने भएकाले आफूलाई ग्रुम गर्न मद्दत पुगेको एन्जल बताउँछिन् । 

मोडल हन्ट प्रतियोगिता मोडलिङ क्राफ्ट गर्ने पूर्ण प्याकेज भएको उनी बताउँछिन् । रनवे वाक, फोटो सुट, पोस्चर, आफूलाई प्रिजेन्ट गर्ने तरिका देखि सञ्चार स्किलसम्म सिकाइने यो प्रतियोगितामा हासिल गरेका ज्ञान जीवनभर काम लाग्ने एन्जल बताउँछिन् । 

प्रतियोगितामा भेट भएका साथीहरूबाट धेरै कुरा सिक्न सकेको बताउने उनी मोडलिङमा निरन्तर लाग्ने बताउँछिन् । उनलाई विदेशमै सेटल हुने गरी बाहिर जान मन छैन । ‘घरमा बस्दा आफूलाई म नै राम्री छु जस्तो लाग्थ्यो, एन्जल भन्छिन्, ‘मोडल हन्टका एक से एक प्रतिस्पर्धी देखेपछि आफूले आफैँलाई जज गर्ने मौका र कसरी आफूलाई ग्रुम गर्ने भन्ने ज्ञान पनि पाएको छु ।’

प्रतिक्रिया