एमालेका शीर्ष नेता छलफलमा

राम्रो अनलाइन     ३१ वैशाख २०७८, शुक्रबार
एमालेका शीर्ष नेता छलफलमा

काठमाडौँ, ३१ वैशाख : नेकपा (एमाले) का शीर्ष नेताहरु पार्टीभित्रको विवाद मिलाउन आज पनि आपसी छलफलमा जुटेका छन् ।
पार्टीका एवं प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरु सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डेसहितका नेता सिंहदरबारमा छलफलमा जुटेका हुन् । बिहीबार अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्रको विवाद कार्यदलमार्फत छलफल गरी सहमतिमा टुङ्गो लगाउने समझदारी भएको थियो ।

प्रतिक्रिया