एमाले स्थायी कमिटी बैठक बस्दै 

राम्रो अनलाइन     १९ जेठ २०७८, बुधबार
एमाले स्थायी कमिटी बैठक बस्दै 

काठमाडौँ, १९ जेठ : नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । मङ्गलबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकता जोगाउनका लागि नेतृत्व तहले लचकता अपनाउने निर्णय गरेको थियो ।
 

प्रतिक्रिया