एमाले नेता योग नारायण यादवको निधन

राम्रो अनलाइन     ०६ जेठ २०७८, बिहिबार
एमाले नेता योग नारायण यादवको निधन

काठमाडौं : पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको निधन भएको छ ।

धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले बतायो ।

यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए ।

एमाले नेता विष्णु रिजालले यादवको कोरोना संक्रमणबाट निधन भएको सामाजिक सन्जालमा लेखेका छन् ।

स्थानीय सुरेश यादवका अनुसार भने दुवै मिर्गौला खराब भएपछि उनी मिर्गौला प्रत्यारोपणको तयारीअनुसार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया