गायिका एलिना चौहानले गत आईतबार ‘मेरो प्यारो भाई’ बोलको तिहार गीत सार्वजनिक गरेकी हुन् । लेखु सहयात्रीको शब्द एवं संगीत, विशान आचार्यको संगीत संयोजन रहेको गीतमा एलिनाले स्वर दिएकी हुन् । विक्रम चौहानको कथा एवं निर्देशनमा बनेको गीतको भिडियोमा स्मारिका–समारिका ढकाल, एलिना चौहान, प्रतिक सुनुवार, सुगम श्रेष्ठको अभिनय छ ।
प्रकाश खड्काको छायाँकन रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । एलिना चौहान युट्युबमा सार्वजनिक भिडियोले ४ लाख बढी भ्यूज बटुलेको छ ।