डुबेर मृत्यु

राम्रो अनलाइन     ०८ असार २०७८, मङ्गलबार
डुबेर मृत्यु

कावासोती, ८ असार : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ३ स्थित होङ्सी गेट नजिकै  डुमे्रखोलाका बाँधमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ बेहुलीकोटका २१ वर्षीय लक्ष्मण बोहोरा  छन् । 
    
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक मधुसूदन सिंहले  डुमे्रखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बोहोराको खोजतलासका क्रममा आज शव भेटिएको जानकारी दिए । मृतक ट्रकका सहचालक रहेको बताइएको छ । 
 

प्रतिक्रिया