दोस्रो चरणको कोभिड–१९ परास्त गर्न आयुर्वेदिक ‘इम्युनो बुस्टर’ बनाएको अनुसन्धानकर्ता ओलीको दाबी

राम्रो अनलाइन     १२ वैशाख २०७८, आइतबार
दोस्रो चरणको कोभिड–१९ परास्त गर्न आयुर्वेदिक ‘इम्युनो बुस्टर’ बनाएको अनुसन्धानकर्ता ओलीको दाबी

काठमाडौं । विश्वभरी फैलिएको दोस्रो चरणको कोभिड १९ भाइरसबाट जोगाउन आयुर्वेदिक अनुसन्धानकर्ता लक्ष्मी ओलीले इम्युनो बुस्टर जडिबुटी औषधी तयार गरेको दाबी गरेका  छन् ।

आइतबार पत्रकार सम्मेलन गरेर ओलीले कोभिड–१९ को कारण इम्युनिटी सिस्टमलाई क्षय हुनबाट जोगाउन इम्युनो बुस्टर तयार गरेको जानकारी दिए । 

ओलीले विश्वभरी फैलिरहेको कोभिडले विश्वभरमा नै धेरै मानिसलाई संक्रमण गरेर मानिसको इम्युनिटी सिस्टमलाई क्षय गरेर धेरै मानिसको मृत्यु भएको भन्दै पहिलो चरणको कोरोना फैँलदा पनि पुनःजीवन इम्युनो बुस्टर बनाएर धेरै संक्रमित व्यक्तिहरूलाई बचाएको स्मरण गराए । 

उनले अहिलेको भाइरस पहिलाको तुलनामा डबल म्युटेन्ट भाइरस भएको बताए । उनले भने, ‘यो अझै खतरापुर्ण भाइरस हो । जसले छाती र फोक्सोमा संक्रमण गरेर शरीरमा अक्सिजन घट्ने, निमोनिया उत्पन्न गर्ने र मृत्युसम्म पुर्याउछ ।’

अनुसन्धानकर्ता ओलीले डबल म्युटेन्ट भाईरस ई ४८४ क्यू र एल ४५२ आर मिलेर बी १.६१७ बनेकाले यस भाइरसले संक्रमित हुँदा बिरामीमा ज्वरो आउने, डायरिया हुने, खोकी लाग्ने, खानाको स्वाद थाहा नपाउने, जिउ दुख्ने, कामज्वरो आउने र तिब्र रूपमा अक्सिजन घट्ने जस्ता शारिरीक लक्षण देखिने बताए । 

‘यो भाइरस कोभिड–१९ नै भएतापनिअहिलेको भाईरस पहिलाको तुलनामा कडा खालको भाइरस हो,’ उनले भने । कोभिडबाट स्वास्थ्यमा हुने हानीलाई कम गर्न र संकमण ठीक गर्नका लागि शरीरको इम्युनिटी बढाउन १७ प्रकारका जडिबुटीको मिश्रण तयार पारेर बिगतको समयमा पनि बिरामीहरूलाई सेबन गराएर संक्रमणमुक्त गरेको उनले बताए । 

प्रतिक्रिया