बाँके कोहलपुरकी दिपिका शाहले आईसी कलेजबाट फेसन डिजाइनिङ कोर्स गरेकी छिन् । उनले बीएसडब्लु विषयमा स्नातक पनि गरेकी छिन् । उनको उचाई राम्रो छ । उनी टल छिन् । साथीहरूले यस्तो टल हाइट भएको मान्छे मोडलिङमा लाग्नु नि १ भनेर उनलाई हौशला दिन्थे । मलाई लाइफ केही नयाँ ट्राइ गरुँ भन्ने लागिरहेको थियो त्यही भएर मोडल हन्ट प्रतियोगितामा भाग लिएको हुँ दिपिका भन्छिन् ।

‘मलाई मोडलिङ रुची भएकाले कुनै रनवे शोमा भाग लिन पएँ हुन्थ्यो भन्ने लागिरहेको थियो । साथीहरूलाई पनि कुनै शोमा ट्राइ गरौँ न भनिरहेको हुन्थेँ, दिपिका भन्छिन्, ‘साथीले नै मोडल हन्ट प्रतियोगिताको बारेमा जानकारी दिएर उसकै ‘थ्रु’ यसमा सहभागी हुन आएकी हुँ ।’

दिपिका हिल्स लगाएर हिँड्न सक्दिन थिइन् । यो कार्यक्रममा भाग लिएपछि उनी हाई हिल्स लगाएर क्याट वाक गर्न सक्ने भएकी छिन् । ‘कन्फिडेन्ट बढेको छ, नयाँ मानिसहरूसँग बोल्न सक्ने भएकी छु उनी भन्छिन्, ‘प्रोफेसनल लाइफमा चाहिने धेरै खालका सीप ग्रुमिङ क्लासबाट पाइएको छ ।’

मोडलिङमा करिअर बनाउन उनको इच्छा छ । परिवारबाट मोडलिङ लाग्न सर्पोट रहेको उनी बताउँछिन् । मलाई धेरै कुरा आउँछ जस्तो लाग्थ्यो तर प्रतियोगितामा भाग लिएपछि आफूमा भएका कमजोरी थाहा पाएँ दिपिका भन्छिन् ।
