ध्रुवासन विधि

योगी विकासानन्द     ०३ फागुन २०७७, सोमबार
ध्रुवासन विधि


१   शरीरलाई सीधा बनाएर उभिने। दुवै गोडाका दुवै पैताला ठ्याम्मै जोड्ने, पिडौँला र तिघ्रा पनि जोड्ने । पेट भित्र, छाती बाहिर फुलेको तथा गर्धन र टाउको सीधा पार्ने।

२   दायाँ गोडा बिस्तारै उचाली हातको सहाराले बायाँ गोडाको तिघ्रामा जोडेर राख्ने। 
३   बिस्तारै सास तान्दै सासको गतिमा दुवै हातलाई उठाउँदै र टाउको माथि पुर्‍याउने।
४   सम्पूर्ण शरीरलाई थप तन्काउने।
५   पूरा सास तान्ने र सास छाड्दै दुवै हात र गोडा तल झार्ने।
६   यही प्रक्रिया बायाँ गोडातर्फ पनि गर्ने। 
७   आँखा बन्द गर्दै अंगप्रत्यंगलाई शिथिल बनाएर आराम गर्ने। 
 

फाइदा

    रिंगटा लाग्ने समस्याबाट मुक्ति दिन्छ।
२    हातगोडाका जोर्नीसम्बद्ध रोग निवारण गर्न सहयोग पुग्छ।
३   ढाड, गोडा र काँधलाई मजबुत बनाउँछ। 

प्रतिक्रिया