धनुषामा मंगलबरदेखि निषेधाज्ञा 

राम्रो अनलाइन     १९ वैशाख २०७८, आइतबार
धनुषामा मंगलबरदेखि निषेधाज्ञा 

जनकपुरधाम । कोभिड १९ संक्रमितको संख्या तिव्र रुपमा बढदै गएपछि धनुषामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले जिल्लामा तिव्र रुपमा बढिरहेको संक्रमणको रोकथाम तथा नियन्त्रण गर्न वैशाख २१ गते मंगलवार बिहान ६ बजेदेखि लागु हुने गरी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गएरेको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिनेछ । निषेधाज्ञा उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी वन्धुप्रसाद वास्तोलालले जानकारी दिए । 

बैठकबाट निषेधाज्ञासँगै हाल बढदै गएको संक्रमितहरूको संख्याले प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड शाखाले धान्न नसक्ने अवस्था रहेको हुनाले प्रयोग विहिन रहेको मणिपाल कलेजको भवनलाई आइसोलेशनका लागि आवश्यक पुर्वाधार तयार गर्न प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मणिपालका साथै पछिल्लो कोरोनाको लहरमा संचालनमा रहेको गुगंली स्थित आयुर्वेद कलेज र सपहीको रमदैयामा रहेको सीटीईभीटीको भवन भाडामा लिई आवश्यक पुर्वाधार तयार गरी पूर्ववत अवस्थामा आइसोलेशन कक्ष संचालनमा ल्याउन सम्बन्धित समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरिएको प्रजिअ वास्तोलाले जानकारी दिए ।

जिल्लाका अस्पतालहरूमा आक्सीजनको कमी हुन नदिने थप आक्सीजनको व्यवस्थापन गर्ने र प्रत्येक स्थानीय तहले २०÷२० वटा आक्सीजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन समेत दिने बैठकबाट निर्णय गरेको छ । 

प्रतिक्रिया