चितवनमा केएफसीको नयाँ आउटलेट

राम्रो अनलाइन     २० चैत २०७७, शुक्रबार
चितवनमा केएफसीको नयाँ आउटलेट

बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राई चिकेन) चेनले काठमाडौंबाहिर थप एक नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । नेपालमा केएफसीको अधिकृत प्रतिनिधि देवयानी इन्टरनेसनल नेपाल प्रालिले चितवन भरतपुरस्थित चौधरी ग्रुपको सिजी ल्यान्डमार्कमा आउटलेट सञ्चालनमा ल्याएको हो ।
सिजी ल्यान्डमार्कका अध्यक्ष राजेन्द्र अर्याल र म्यानेजर उज्ज्वल केसीले शाखा उद्घाटन गरे । यसै आर्थिक वर्षभित्र तराईका विभिन्न ठूला सहरमा शाखा विस्तार गर्ने योजना बनाएको केएफसीको यसअघि काठमाडौंबाहिर पोखरामा मात्र आउटलेट थियो ।
कोभिड–१९ को महामारीबीच सञ्चालनमा आएको केएफसीले ग्राहकलाई संक्रमणबाट जोगाउन अन्तर्राष्ट्रिय स्तरको चार तहको सुरक्षा मापदण्ड अपनाएको जानकारी दिएको छ । उक्त आउटलेटमा एकैपटक ४० जनालाई सेवा दिन सकिने कम्पनीका नेपाल प्रमुख विजय शर्माले बताए ।
तत्काल १५ जनाले प्रत्यक्ष रोजगारी पाएकामा विस्तारै उक्त आउटलेटबाट ४ सयभन्दा बढी स्थानीयले रोजगारी पाउने जानकारी उनले दिए ।
 

प्रतिक्रिया