चितवनमा बोराभित्र भेटिएको दुई शवको पहिचान खुल्यो

राम्रो अनलाइन     २३ पुस २०८०, सोमबार
चितवनमा बोराभित्र भेटिएको दुई शवको पहिचान खुल्यो

चितवन – चितवनको भरतपुर महानगरपालिकामा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोराभित्र भेटिएका दुबै महिला र पुरुषको शव भारतीय नागरिकको हो। उनीहरु भारतको मोतिहारीका हुन् ।  उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

 चितवनमा ब्यापार गरेर बस्ने उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो । विवाहहेत्तर सम्बन्ध थाहा पाएपछि हत्या भएको प्रहरीको भनाई छ । 

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो । हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । भारतीय प्रहरीसँगको समन्वयमा हत्यारालाई भारतमै पक्राउ गरिएको छ । 

प्रतिक्रिया