छालालाई घामको प्रभाव बाट जोगाउने सनब्लकक्रिमको बट्टामा एसपीएफ र त्यसपछि १५, २०, ३०नम्बर लेखिएको हुन्छ । यो भनेको के हो ? छाला अनुसार कसरी सनब्लक क्रिमछनोट गर्नुपर्छ ? सनब्लक क्रिमले अनुहारको चायापोतो हटाउँछकिहटाउँदैन ?
रीता
सनब्लकक्रिमको बट्टामा लेखिएको एसपीएफको अर्थ ‘सन प्रोटेक्सन फ्याक्टर’हो । नेपालीबजारमा १५ देखि १०० नम्बर उल्लेख गरिएका सनब्लकक्रिम पाइन्छन् । सनब्लकक्रिम, लोसन, जेल र स्प्रेमा पनि उपलब्धहुन्छ । यसको मुख्य काम भनेको सूर्यको अल्ट्राभ्वाइलेट किरणलाई केही मात्रामा भएपनि सोस्नु र परावर्तन गर्नु हो । यसले छालालाई घाममा डढ्नबाट जोगाउँछ । छालाको किसिम अनुसार एसपीएफ नम्बर छनोट गर्नुपर्ने हुन्छ । गोरो छालाकालागि बढी एसपीएफ चाहिन्छ । जति बढी एसपीएफ छ त्यति नै धेरै समयसम्म सनब्लकले कामगर्छ । सुक्खा छालामा क्रिम र लोसन प्रयोग गर्नुपर्छ । डन्डीफोर भएको र चिल्लो छालाका लागि जेल तथा स्प्रे प्रयोग गर्नुपर्छ । स्किनमा लाइटिङ ल्याउने क्रिममापनि सनस्क्रिनक्रिम मिसाएको हुन्छ ।
सनस्क्रिनले फिजिकल तथा केमिकल दुवै तरिकाले छालाको सुरक्षागर्छ । सनस्क्रिन लगाएपछि घामका किरणलाई परावर्तन गर्ने काम फिजिकल हो भने यसले घामबाट डढेको छालालाई थोरै मात्रामा भएपनि रिपेयर गर्ने कामचाहिँ केमिकल हो । सूर्यको खराब किरणलाई सोस्ने कामपनि केमिकल भित्र पर्छ ।
सनस्क्रिनले छालाको सुरक्षागर्ने हो भने हरेक दुई–दुई घण्टामा प्रयोग गर्नुपर्ने हुन्छ । घाममा देखिने शरीरका सबै भागमा लगाउनुपर्ने हुन्छ । कतिपयले सनस्क्रिन घाममा निस्कँदा मात्र लगाउनुपर्छ भन्ने ठान्छन् । तर, राति सुतेर उठेपछि उज्यालोमा जानु अघिपनि सनस्क्रिन लगाउनु पर्छ । अँध्यारोबाट उज्यालोतिर जाँदा छालामा हुने असर कमगर्न पनि यो क्रिम उपयुक्त हुन्छ । यसले चायापोतोे जाँदैन । छालालाई घामबाट बिग्रन नदिन यो धेरै काम लाग्छ । सनस्क्रिन लगाउनु भनेको हामीले दिनहुँ दाँत माझेजस्तै हो । हामी भविष्यमा दाँतमा कुनै खराबी नओस् भनेर जसरी ब्रस गर्छों, त्यसरीनैछालाको सुरक्षाकालागि सनस्क्रिन क्रिम लगाउनुपर्छ ।