भक्तपुरकी चाँदनी श्रेष्ठ नेपाल कमर्स क्याम्पसमा स्नातक अन्तिम सेमेष्टरमा अध्ययनरत छिन् । उनको आफ्नै विजनेश पनि छ । उनको आफ्नै मुन्स स्काई भन्ने क्लोदिङ ब्राण्ड छ । कितब पढ्न, नृत्य गर्न र सोसल मिडियामा कन्टेन्ट बनाउन रुची राख्ने चाँदनी नयाँ नयाँ ठाउँमा घुम्न रुचाउँछिन् ।

‘क्लासिक डाइमाण्डले आयोजना गरेको शोमा भाग लिँदा मोडलिङमा सिक्न पर्ने विषय धेरै रहेछ भन्ने थाहा पाएँ, चाँदनी भन्छिन्, ‘मोडल हन्ट मोडलिङमा करिअर बनाउन चाहनेहरूका लागि उपयुक्त प्लेटफर्म भएका कारण यसमा भाग लिएकी हुँ ।’
यो प्रतियोगितामा भाग लिएर आफूमा अत्मविश्वास बढेको बताउने चाँदनी कामलाई कसरी निरन्तरता दिनुपर्छ, टाइम व्यवस्थापन कसरी गर्नुपर्छ, व्यक्तित्व विकास कसरी गर्नुपर्छ भन्ने बारेमा यथेष्ट जानकारी प्राप्त गरेको बताउँछिन् ।

‘म नयाँ नयाँ कुरा छिटो सिक्न सक्छु, मानिसहरूसँग प्रोफेसनल्ली डिल गर्न सक्छु, मेरो कम्युनिकेशन स्किल पनि अब्बल छ त्यही भएर म प्रतियोगिताको वीनर हुन सक्छु जस्तो लाग्छ, उनी भन्छिन् ।’ उनी पूर्व मिस नेपाल अश्मि श्रेष्ठलाई रोलमोडल मान्छिन् । अश्मिलाई नै हेर्दै र फलो गर्दै हुर्किएको बताउँछिन् ।

‘नेपालमा मोडलिङलाई हेर्ने दृष्टिकोण अझै उदार हुन सकेको छैन । यसलाई नकारात्मक दृष्टिले हेर्नेहरू पनि छन् । तर मेरो परिवारबाट यो फिल्डमा लाग्नका लागि मलाई पूर्ण रूपमा सर्पोट रहेको छ’ चाँदनी भन्छिन् । ग्रुमिङ क्लासमा पोजिङ, वाक, ड्रेस एवं कलर सेन्स, सोसल मिडियामा कसरी प्रस्तुत हुने लगायतका स्किल सिकेको उनले बताइन् ।




