बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी

राम्रो अनलाइन     ०३ जेठ २०७९, मङ्गलबार
बर्दियाको गेरुवा गाउँपालिकामा कांग्रेस विजयी


बर्दिया– बर्दियाको गेरुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेकपा माओवादीका प्रमुख पदका उम्मेदवार विश्वबहादुर थारुलाई पराजित गर्दै कांग्रेसका प्रमुख पदका उम्मेदवार जमानसिं केसी सात हजार ६९८ मत प्राप्त गरी विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारुले छ हजार ६२० मत प्राप्त गरे । उपप्रमुखमा  कांग्रेसका लक्ष्मीकुमारी चौधरी सात हजार १५३ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम माओवादी केन्द्रका लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गरिन् ।
 

प्रतिक्रिया