काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)का परराष्ट्रमन्त्रीहरूको १७ औं बैठकमा म्यानमारको नरसंहारबारे कुरै उठेन ।
बैठकमा म्यानमारमा भइरहेको नरसंहारको विषय अन्य मुलुकले उठाउने अपेक्षा गरिएपनि त्यस विषयले प्रवेश नै नपाएको हो । कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले म्यानमारमा भएको नरसंहारको विषय उठाएनन् ।
म्यानमारमा त्यहाँको सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी सैनिक शासन चलाइरहेको छ । घर बाहिर आउन। सभा सम्मलेलन गर्न प्रतिबन्ध लगाएको छ । साथै, कसैलाई घर बाहिर देखेमा सिघै गोली पनि हानिरहेका दृष्य देखिन्छन् ।
बिम्स्टेकको वर्तमान अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा विशेषतः ५ औं शिखर सम्मेलनको तयारीको बारेमा छलफल भएको थियो । बैठकमा पाँचौ शिखर सम्मेलनको घोषणापत्रको विषयवस्तुको बारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । पाँचौं शिखर सम्मेलन यसै वर्षको नोभेम्बर महिना गर्ने तयारी छ ।
बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने सहमति बनेको छ । त्यसैगरी सदस्य मुलुकहरुको बीचमा प्रविधिको हस्तान्तरणसम्बन्धी सहमतिलाई समेत अगाडि सहमति भएको छ ।