नेपाल र कतारबीच ६ वटा विषयमा द्विपक्षीय समझदारीमा हस्ताक्षर

राम्रो अनलाइन     १२ वैशाख २०८१, बुधबार
नेपाल र कतारबीच ६ वटा विषयमा द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं– कतार र नेपालबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको छ । होटेल सोल्टीमा सुरू भएको नेपाल र कतारका प्रतिनिधि मण्डलस्तरीय बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । दुई देश बीचका सरकारी समाचार एजेन्सी, महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, शिक्षा, कला र संस्कृति, खेलकुद क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ ।

यस्तै कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् । त्यसअघि होटेल सोल्टीमामा बुधबार कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान भेटवार्ता भएको थियो । भेटवार्ता सकिपछि नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू भएको थियो । प्रधानमन्त्री प्रचण्डले कतारका अमिरको सम्मानमा बुधबार नै होटेल द्ववारिकाजमा दिवा भोजको आयोजना गरेका छन् ।

मंगलबार दुईदिने राजकीय भ्रमणका लागि नेपाल आएका उनी आज फर्कनेछन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले विमानस्थलमा स्वागत गरेका उनलाई बिदाई गर्न पनि राष्ट्रपति पौडेल विमानस्थल जानेछन्।

प्रतिक्रिया