भ्यालेन्टाइन्स डेका लागि भनेर अनावश्यक खर्च गर्न जरुरी छैन। महँगो उपहार दिँदैमा आफ्नो मान्छे खुशी हुन्छ भन्ने हुँदैन। सानै उपहार दिए पनि प्रिजेन्टेबल रूपमा दिँदा राम्रो हुन्छ। उपहारलाई राम्रो तरिकाले प्याकिङ गरेर दिँदा उपहार पाउने मान्छे पनि खुशी हुन्छ। प्रेम दिवसको उपहार प्याकिङ गर्दा रातो रङको पेपर प्रयोग गर्दा राम्रो हुन्छ।
प्रेम दिवसमा उपहार दिन चाहनेहरूले रातो गुलाब र भ्यालेन्टाइन्स ग्रिटिङ कार्ड दिन नछुटाउँदा राम्रो। यी सबैभन्दा बढी मन जित्ने उपहार हुन्। रातो गुलाब मायाको संकेत हो भने कार्डमा प्रेमी–प्रेमिकाले खुलेर आफ्ना भावना पोख्न सक्छन्। सरप्राइज गिफ्ट दिएर पनि आफूलाई माया गर्नेको मन जित्न सकिन्छ। यसपालिको प्रणय दिवसमा प्रेमी–प्रेमिकालाई यी उपहार दिन सकिन्छ।
फूलः प्रेम दिवसमा फूलभन्दा राम्रो उपहार अरू हुन सक्दैन। भ्यालेन्टाइन्स डेमा अरू उपहार दिए पनि, नदिए पनि प्रेमी–प्रेमिकालाई मन पर्ने फूल अवश्य दिनुहोस्।
लभ बड्र्सः उपहारस्वरूप डेकोरेटिभ लभ बड्र्स पनि दिन सकिन्छ। मायालु जोडीलाई धनेस वा चखेवाजस्ता भन्ने गरिन्छ। लभ बड्र्स उपहारले यस भनाइलाई सार्थक बनाउनेछ।
फोटो फ्रेमः बजारमा मेटालिक वा प्लास्टिकका विभिन्न किसिमका फोटो फ्रेम पाइन्छन्। ती पनि उपहारमा दिन सकिन्छ।
खेलौनाः प्रेम सन्देश लेखिएका खेलौना बजारमा पाइन्छन्। ती खेलौना उपहार दिएर मायालुलाई अवश्य खुशी बनाउनुहुनेछ।
पफ्र्युमः पफ्र्युम उपहार दिँदा प्रेमी–प्रेमिका असाध्यै खुशी हुनेछन्।
ट्याटूः प्रेम अभिव्यक्त गर्ने युवा पुस्ताको आफ्नै शैली छ। हिजोआज धेरैले आफ्नो मायालुको नामको ट्याटू खोप्ने गर्छन्। पे्रमी–प्रेमिकाको नामको ट्याटू खोपेर उनको मन जित्न सक्नुहुन्छ।
ग्याजेटः भ्यालेन्टाइन्स डेमा मोबाइल, आइप्याड, क्यामरालगायत विभिन्न ग्याजेट उपहार दिएर मायालुलाई खुशी बनाउन सकिन्छ।
घडीः भ्यालेन्टाइन्स डेमा दिइने उपहारमध्ये घडी पनि एक हो। उपहारस्वरूप दिइएको घडी मायालुको नाडीमा सजिएपछि तपाईंको प्रेमले तीव्र गति लिनेछ।
गहनाः सम्भावित प्रेमी–प्रेमिका गहनाका सोखिन छन् भने हार्ट सेपको लकेट, चाँदीको झुम्का दिन सकिन्छ। आर्थिक संकट छैन भने सुनको औँठी वा ब्रासलेट पनि दिन सकिन्छ।