भूकम्पपीडितलाई सहयोग

राम्रो अनलाइन     २७ मंसिर २०८०, बुधबार
भूकम्पपीडितलाई सहयोग

जाजरकोट–  भूकम्पपीडितलाई नेपाल प्रहरी श्रीमती सङ्घले राहत सामग्री वितरण गरेको छ । सङ्घकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले आज जाजरकोट र रुकुम पश्चिममा ती सामग्री वितरण गरेका हुन्  । 

जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्पपीडितमध्ये ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ जना मृतकका परिवार र चारजना ज्येष्ठ नागरिकलाई झोला, कापी–कलम, थर्मस, ब्ल्याङ्केट, मोजा, ट्राउजर, मण्डी, टोपी, स्वेटरलगायत सामग्री वितरण गरिएको छ । 

यसैगरी, रुकुमपश्चिम आठबीसकोट नगरपालिका–१४ छेपारेमा ४२ जना मृतकका आफन्तलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया