भरतपुर महानगरबाट रेनु दाहालले दिइन् राजीनामा

राम्रो अनलाइन     ०६ माघ २०८२, मङ्गलबार

काठमाडौं–  संघीय सांसदको उमेदवार हुने भएपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

लगातार २ कार्यकाल महानगरको प्रमुख भएकी दाहालले मंगलबार उपप्रमुख चित्रसेन अधिकारीलाई सम्बोधन गर्दै राजिनामा दिएकी हुन् ।

मंगलवार नै उनले  प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उमेदवारी दर्ता गराउँदै छन् । राजीनामा दिनुअघि दाहालले  महानगरको बोर्ड बैठक बोलाएर अहिलेसम्म सहयोग गर्ने सबैलाइ धन्यवाद दिएको सचिवालयले जनाएको छ ।
 

प्रतिक्रिया