भारतीय भूमिमा चीनले बसायो गाउँ !

एजेन्सी     ०५ माघ २०७७, सोमबार
भारतीय भूमिमा चीनले बसायो गाउँ !

भारतीय भूमिमा चीनले एउटा गाउँ बसाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले दाबी गरेको छ । अरुणाञ्चल प्रदेशमा चीनभन्दा करिब साढे चार किलोमिटर वर चीनले बस्ती बसाएको उसले जनाएको छ ।

स्याटलाइट दृश्यअनुसार चीनले भारतीय भूमिमा गाउँ बसाएको देखिएको हो ।

उक्त गाउँ सारी चु नदीको किनारमा रहेको पनि बताइएको छ । जुन भूभाग भारतको सुबनसिरी जिल्लामा पर्छ । यस क्षेत्रमा चीन र भारतबीच सिमानालाई लिएर लामो समयदेखि विवाद हुँदैआएको छ । लद्दाखदेखि एक हजार किलोमिटर पश्चिममा पर्ने यस भूभागमा २०२० को अगस्टसम्म कुनै घर देखिएका थिएनन् ।

तर नोभेम्बरसम्ममा १०१ वटा घर सहितको एउटा पूरा गाउँ दृश्यमा देखिएको बताइएको छ ।

प्रतिक्रिया