हेटौंडा– राष्ट्रियसभा चुनावमा बागमती प्रदेशमा सत्ता गठबन्धनका चारै जना उम्मेदवार निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका जीतजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन् ।
विजयी महिलातर्फकी पुडासैनीले ६ हजार ६ सय २२ र बस्नेतले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरे । निर्वाचित दलिततर्फका समाजवादीका रिजालले ६ हजार ५ सय १२ मतभार प्राप्त गरे भने अपांगतातर्फ माओवादी केन्द्रका अधिकारीले ६ हजार ३ सय ८३ मतभार प्राप्त गरे ।