बागमती प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने

राम्रो अनलाइन     ०९ माघ २०७७, शुक्रबार

बागमती प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् ।

आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने बताइएको छ । प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले अविश्वास प्र्तावमाथि छलफल हुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यहरुले गत पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया