अनरको एआई पोर्ट्रेट मास्टर २०० सिरिज नेपाल भित्रिँदै 

राम्रो अनलाइन     २५ असार २०८१, मङ्गलबार
अनरको एआई पोर्ट्रेट मास्टर २०० सिरिज नेपाल भित्रिँदै 


काठमाडौं–अनरको एआई पोट्रेट अनर २०० सिरिज स्मार्टफोन जुलाईको दोस्रो हप्ताभित्र नेपाल भित्रिने भएको छ । नेपालका लागि कम्पनीको आधिकारिक वितरक सेल्ट्रोन नेपालले नयाँ मोडलको अनर २०० सिरिज भित्र्याउने लागेको हो ।

कम्पनीका अनुसार यो सिरिजमा अनर २०० र अनर २०० प्रो छन् । एआई सुविधासहित थप अपग्रेड भएर आउने नयाँ सिरिजलाई ‘द ए आइ पोर्ट्रेट मास्टर’ ट्यागलाइन दिइएको छ ।

अनर २०० सिरिजले हार्कोर्ट स्टुडियो नामक सबैभन्दा महँगो स्टुडियोसँग सहकार्य गरिएको छ, जसका कारण प्रिमियम पोर्ट्रेट सुटको अनुभव  फोनबाट लिन सकिन्छ ।

यो नवीनतम फोनमा टेलिफोटो क्यामेराको साथ नवीनतम स्न्यापड्रागन चिप फिचर जडान गरिएको कम्पनीको भनाइ छ ।

अनर २०० सेरिजले पेरिसको सबैभन्दा महँगो र कालातीत स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको जनाइएको छ । एउटा फोटोसुटका लागि २ हजार युरो लागत पर्ने कम्पनीको दाबी छ । यस सहकार्यबाट अनरले तीनवटा हार्कोर्ट पोर्ट्रेट मोडको साथमा उत्कृष्ट एआई पोर्ट्रेट प्रदान गर्न सक्षम हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार अनर २०० श्रृंखलामा ५० एमपी पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने उन्नत हार्डवेयर र एआई–सञ्चालित सफ्टवेयर जडान गरिएको छ ।

सुपर डायनामिक एच९००० सेन्सर र फोर इन वान पिक्सेल बिनिङ टेक्नोलोजी जडित यस स्मार्टफोनले कम प्रकाशमा पनि उत्कृष्ट तस्वीरहरू खिच्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ मोडलको सिरिजमा ५२०० एमएएच सिलिकन(कार्बन ब्याट्री प्रयोग भएकोले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम रहेको कम्पनीको दाबी छ।

बलियो स्न्यापड्रागन ८एस जेन ३ प्रोसेसर रहेको अनर २०० प्रोले सिमलेस ग्राफिक्स रेन्डरिङ र रियल टाइम ग्यारेन्टी सहित ३ गेगाहर्जसम्मको सीपीयू रहने छ । स्न्यापड्रागन ८एस जेन ३ मा चल्ने अनर २०० प्रो चल्ने नेपालमा पहिलो स्मार्टफोन हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नेपालमा भने यो स्मार्टफोन १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ । अनर २०० मा  स्न्यापड्रागन ७ जेन ३ रहेको छ ।  १२ जीबी र्‍याम र २५६ जीबी  र १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्ट गरी दुई भेरियन्टहरू नेपाल भित्रिने छ।

फाइब जी भएको दुवै मोडल एन्ड्रोइड १४ मा आधारित म्याजिक ओएस ८.० मा चल्ने छ ।

अनर २०० शृङ्खलाले ३८४० हर्ज जोखिममुक्त डिमिङ, टीयूभी रेहिन्ल्यान्ड प्रमाणपत्र, प्राकृतिक टोन २।०, र अनुकूलित स्क्रिन तापमानका लागि एआई सर्काडियन नाइट डिस्प्ले जस्ता फिचरहरू छन् ।

१।५ के क्वाड कर्भ्ड फ्लोटिङ डिस्प्लेले ४००० निट्सको उच्चतम उज्यालो दिने बताइएको छ । जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखिने कुरा सुनिश्चित गर्छ ।

१।५ के क्वाड(कर्व्ड फ्लोटिङ डिस्प्लेले ४००० निट्सको प्रकाश दिने भएकोले सूर्यको प्रकाशमा पनि स्पष्ट देख्न सकिने कम्पनीको दाबी छ ।

म्याजिक ओएस ८।० को विशेषता सहित दुवै मोडेलले एआई(सञ्चालित स्मार्ट विशेषताका कारण प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिने जनाइएको छ ।

म्याजिक ओएस ८।० ले अनर २०० श्रृंखलामा म्याजिक पोर्टल, म्याजिक क्याप्सुल र म्याजिक जस्ता फ्ल्यागसिप सुविधा प्रदान गर्ने भएकोले प्रयोगकर्ताको डिजिटल अन्तरक्रियालाई थप व्यवस्थित बनाउने कम्पनीको भनाइ छ ।

प्रकृतिबाट प्रेरित भएर डिजाइन गरिएको अनर २०० प्रो मुनलाइट ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध हुने छ । नेपाल भित्रिएपछि अफलाइन रिटेल स्टोर, दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्म मार्फत यो स्मार्टफोन खरिद गर्न सकिने छ ।

प्रतिक्रिया