छड उत्पादक कम्पनी अम्बे स्टिल्स्ले नुवाकोटमा डिलरहरूसँग डिलर सम्मेलन २०७७ सम्पन्न गरेको छ ।
सम्मेलनको मुख्य उद्देश्य अम्बे स्टिल्स्ले ग्राहकलाई प्रदान गर्दै आएको बिक्री तथा सेवालाई थप व्यापक बनाउन र डिलरहरूबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने रहेको थियो ।
अम्बे स्टिल्स्ले भैरहवा र नेपालगञ्जमा अवस्थित दुई वटा उद्योगबाट नेपालकै सबैभन्दा बढी दैनिक १४०० टन छड उत्पादन गरी बजारमा पु¥याउँदै आएको छ ।
टीएमटी छड अन्तर्राष्ट्रिय गुणस्तरको भएकाले नेपाली बजारमा सबैभन्दा बढी रुचाइएको दाबी कम्पनीको छ । हाल कम्पनीले एफई ५०० डी छड उत्पादन गरी उपभोक्तामाझ पु¥याउँदै आएको छ ।
कार्यक्रममा कम्पनीका आगामी रणनीति र भावी योजनाबारे छलफल गरिएको थियो । उक्त अवसरमा अम्बे स्टिल्स्का ब्रान्ड एम्बेसडरद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलगायत नुवाकोटका उच्चपदस्थ व्यक्तित्वको सहभागिता रहेको कम्पनीले जनाएको छ ।