आर्यन सिग्देलको अभिनयमा ‘फूल फुल्यो’

राम्रो अनलाइन     १२ कात्तिक २०७८, शुक्रबार

 

बुधबार सार्वजनिक ‘फूल फुल्यो’ बोलको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देलले अभिनय गरेका छन् । भिडियोमा उनीसंगै सृष्टि खड्काको अभिनय हेर्न सकिन्छ । गायक केशव भावुक र गायिका अस्मिता अधिकारीले यस गीतमा स्वर दिएका छन् ।

सुधा मरहट्ठाको शब्द रहेको गीतमा गायक केशव स्वयमले संगीत भरेका हुन् । सशान कंडेलको निर्देशनमा बनेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, बुद्ध थापाको छायांकन, बिकाश दाहालको सम्पादन छ । भिडियोले भ्यूज भने अपेक्षित पाउन सकेको छैन् ।

प्रतिक्रिया