काठमाडौँ : प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आँट भए अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् ।
प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा नदेखिएको बताएका छन् ।
उनले पार्टीभित्र गुटगत काम गर्ने कसैलाई बाँकी नराखी सबैलाई कारबाही गरिने बताए । ुमविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा देखिएन । ल्याउने आट कसैमा भएको भए ल्याइसक्थे,ु ओलीले बैठकमा भने ।
ओलीले बैठकमा पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई एकताको कुरा छाड्न आग्रह गरेका थिए ।