आईईसीमा फेशन विषयमा अध्ययनरत सन् २०२० ब्याचका विद्यार्थीहरूले आयोजना गर्न लागेको आईईसी डिजाइनर रनवे को १२ औँ संस्करण लागि गैरीधारास्थित मिनिष्ट्र क्याफे एण्ड बारमा अडिसन आयोजना गरिएको थियो । सो अडिसन कार्यक्रमको जजहरूमा अभिनेत्री आँचल शर्मा, आईईसी ग्रुप नेपालका म्यानेजिङ डाईरेक्टर शैलजा अधिकारी,नेक्स्ट मोडल नेपालका कार्यकारी अध्यक्ष रवि धमला, मिस नेपाल २०२० का विजेता नम्रता श्रेष्ठ तथा लण्डन फेशन हाउसका डाईरेक्टर मनिषा डंगोल रहेका थिए । डिजाईनर रनवे को १२ औँ संस्करणमा करिब २७५ जनाले अडिसन दिएका थिए । अडिसनबाट २६ जना मोडल छनोट भएका थिए । जसमा ८ जना पुरुष मोडल रहेका छन् ।
तस्बिर/शब्द : रुकेश श्रेष्ठ

















