ललितपुरको झम्सीखेलमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी सेवा दिने ‘रामबाग महल’ सञ्चालनमा आएको छ । ३२ हजार स्क्वायर वर्गफिटमा फैलिएको रामबाग फराकिलो स्पेस तथा आकर्षक इन्टेरियरका कारण भव्य देखिन्छ । यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेट निर्माण तथा व्यवस्थापन गर्दै आएका अनुभवी सञ्चालकहरूले नै यो ब्यांक्वेट पनि निर्माण गरेका हुन् ।

ब्यांक्वेट भन्ने वित्तिकै आम मानिसमा जुन इमेज आउँछ वा अहिले जे जस्ता थिम र इन्टेरियर अनुसार ब्यांक्वेट बनिरहेका छन् त्यसमा व्यापक परिवर्तन गरेर रामबाग निर्माण गरिएको छ । भारतको राजस्थान राज्यको कला संस्कृति झल्किने गरी रामबाग निर्माण गरिएको छ । पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर निर्माण गरिएको रामबाग निकै आकर्षक देखिन्छ । यो ब्यांक्वेट निर्माणमा लागि चाहिने सम्पूर्ण सामग्री युरोप, चीन, भारत लगायतका देशबाट सिधै आयत गरिएका छन् । नेपालमा उपलब्ध हुने ‘क्लासिक’ सामग्रीहरूको पनि प्रयोग गरिएको छ । रामबाग काठमाडौँ उपत्याकाकै उत्कृष्ट ब्यांक्वेट भएको दाबी सञ्चालकहरू गर्छन् ।

लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण रामबागले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको सञ्चालक तथा व्यवस्थापक ऋषभ थापा बताउँछन् । रामबाग भिजिट गर्ने जोकोही पनि यसको सजावट र भव्यता देखेर मत्रमुग्ध हुने गरेको थापा बताउँछन् ।

ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, रामबागले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ । करिब दुई हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको रामबागकी निर्देशक हेलन राणा बताउँछिन् । पर्याप्त पार्किङ सुविधा भएको राममबाग महललाई ब्यांक्वेटको क्षेत्रमा ‘बेञ्चमार्क’ बनाउने गरी यसको व्यवस्थापन गरिने निर्देशक राणाले बताइन् । खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले रामबाग काठमाडौँ उपत्यकाको उत्कृष्ट ब्यांक्वेट भएको प्रतिक्रिया यसका ग्राहकहरूले दिनेगरेका छन् ।

आकर्षक बार, इनडोर तथा आउटडोर स्टेज, भीआईपी डिनर हल, कमन डिनर हल, प्राइभेट डिनर हललगायत सुविधा यहाँ छन् । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पर्ण प्याकेज ब्यांक्वेटमा उपलब्ध छ । रामबागमा सेट गरिएको लाइटिङ सिस्टम तथा वालमा प्रयोग गरिएको कलाले यसलाई निकै भव्य देखाएको छ ।




