लक्ष्मी उपासकका लक्ष्मीपूजा : ‘विशेष बजेट छुट्याइँदैन’ 

राम्रो अनलाइन     २६ कात्तिक २०८०, आइतबार
लक्ष्मी उपासकका लक्ष्मीपूजा : ‘विशेष बजेट छुट्याइँदैन’ 

 

मलाई मेरो हजुरबाले धुमधामले लक्ष्मीपूजा गरेको याद छ । त्यो बेला विधि–विधानसहित घण्टौँ लगाएर लक्ष्मीपूजा गरिन्थ्यो । लक्ष्मीपूजा सिंह लगनमा गर्नुपर्छ । लक्ष्मीपूजाको दिन रातको १२/१ बजेमात्र सिंह लगन पर्ने भएकाले राती अबेरसम्म घरमा लक्ष्मीपूजाको रौनक हुन्थ्यो । 

लक्ष्मीको पूजा गर्नुभन्दा पहिला कुलदेवीको पूजा गरिन्छ । अग्रवालहरूको कुलदेवी दुर्गा हुन् । लक्ष्मीपूजा गरिसकेपछि आफूभन्दा ठूलाबडासँग आशीर्वाद लिने चलन छ । लक्ष्मी धनको प्रतीक भएकाले धन आर्जनमा लाग्ने उद्योगी, व्यवसायी, व्यपारी सबैले यो दिनलाई विशेष महत्व दिन्छन् । उद्योगधन्दा तथा व्यापार–व्यवसायमा लागेका मारवाडी समुदायले लक्ष्मीपूजा धुमधामसँग मनाउँछ । लक्ष्मीपूजा गरेरमात्र बढी धन आर्जन हुने होइन । यो एउटा विश्वास हो । नेपालीमा एउटा उखान छ– भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिँदैन । लक्ष्मीपूजाका लागि भनेर विशेष बजेट छुट्याइएको हुँदैन । यो दिन धेरै खर्च गरेर मात्र लक्ष्मी खुशी हुन्छिन् भन्ने पनि होइन । 
 

प्रतिक्रिया