५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस 

राम्रो अनलाइन     २४ कात्तिक २०८०, शुक्रबार
५ एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस 


काठमाडौं– गृह मन्त्रालयले ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसपी वसन्त रजौरे, रविकुमार पौडेल, नविराज राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई बढुवा गर्न सिफारिस गरेको हो ।सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले एक सातापछि निर्णय गर्छ । त्यसअघि सिफारिसमाथि चित्त नबुझे उजुरी दिनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया