नेक्स्ट मोडल्स नेपालको संयोजनमा आईईसी डिजाइनर रनवे फेसन सो सम्पन्न 

राम्रो अनलाइन     ०५ असोज २०८०, शुक्रबार
नेक्स्ट मोडल्स नेपालको संयोजनमा आईईसी डिजाइनर रनवे फेसन सो सम्पन्न 

 

काठमाडौँ– फेसनका नयाँ र उत्कृष्ट डिजाइनर प्रस्तुत गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालको संयोजनमा  ‘आईईसी डिजाइनर रनवे १२’ नामक फेसन सो आयोजना गरिएको छ । आईईसी कलेजले आयोजना गरेको फेसन सोमा २७ नेपाली तथा ६ अन्तर्राष्ट्रिय मोडलले र्‍याम्पमा फेसनमा नयाँ डिजाइन प्रस्तुत गरेका थिए। दरबार मार्गस्थित याक एण्ड यती होटलमा आयोजना भएको फेसन सोमा ५१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्‍याम्पमा प्रस्तुत गरिएको थियो । फेसन डिजाइनरहरू आईईसी कलेजका २० औँ ब्याजका पास आउट विद्यार्थी हुन् । 

११ सिक्वेलमा मोडलले फेसन प्रस्तुत गरेको सोको म्यानेजमेन्टको जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका रवि धमलाले बताए । फेसन सोका लागि भारतबाट कोरियोग्राफार यतिन नरेन्द्र गान्धी सहभागी भएका थिए भने अस्मी श्रेष्ठ, नम्रता श्रेष्ठ लगायत सहभागी बनेका थिए । 

नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले विगत लामो समयदेखि ‘आईईसी डिजाइनर रनवे’ आयोजना हुँदै आएको आयोजक कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन् । तस्बिरः रवि धमालको फेसबुक पेजबाट 

प्रतिक्रिया