टाटा मोटर्सको पाँचौं ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु

राम्रो अनलाइन     ०६ फागुन २०७७, बिहिबार
टाटा मोटर्सको पाँचौं ग्लोबल सर्भिस क्याम्पको तेस्रो चरण सुरु

नेपालका लागि टाटा मोटर्सकाे आधिकारीक बिक्रेता सिप्रदी टेड्रिङले ग्लोबल सर्भिस क्याम्पको सुरु गरेको छ। यो क्याम्प फागुन ५ देखि १६ गतेसम्म बिहान ९ः३० देखि साँझ ५ः३० सम्म संचालनमा ल्याएको हो।

कम्पनिका अनुसार टाटाका कमर्सियल गाडी धनिहरुलाई सहजता प्रदान गर्न यस्तो क्याम्पको आयोजना गरिएको हो।

२८ मंसिरदेखि सुरु भएका पाँचौं टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्पको यो तेस्रो चरणको सर्भिसिङ क्याम्प हो।

सिप्रदीका कमर्सियल गाडीको ग्राहक सेवाका प्रमुख साम्देन छिरिंग लामाले ग्लोबल सर्भिस क्याम्प आफ्ना ग्राहकहरुलाई निकै नै लाभदायी साबित भएको बताए। ग्राहकहरुको आग्रहमा क्याम्पलाई तेस्रो चरणबाट निरन्तरता दिइरहेको जानकारी दिए।

४५ राष्ट्र लगायत नेपालका ४८ विभिन्न स्थानहरुमा उक्त क्याम्प आयोजना गरिने छ।

 

प्रतिक्रिया