घरमा मेकअप गर्दा यी कुरामा ध्यान दिनुस्

गीता गिरी, ब्युटी एक्सपर्ट     ०८ चैत २०७९, बुधबार
घरमा मेकअप गर्दा यी कुरामा ध्यान दिनुस्

तपाईंसँग ब्युटिपार्लर जाने समय छैन भने घरमै मेकअप गरेर पनि जान सक्नुहुन्छ । मेकअपको सामान भने आफूसँग हुनुपर्छ । सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि, सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको केही बेरमा मोस्चराइजर क्रिम लगाउनुपर्छ ।

त्यसपछि सनस्क्रिन क्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । फाउन्डेसन मात्र लगाउँदा अनुहार चिल्लो देखिने हुँदा पाउडर लगाउँदा सुक्खा हुन्छ ।

मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा चमक आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले लगाएको कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

कस्तो सनस्क्रिन क्रिम लगाउने ? 
आफ्नो स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छरहुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ । कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यका क्रिमले सुट गर्ने हुन्छ । फाउन्डेसन किन्दा पनि आफ्नो स्किनअनुसार सुरुमा सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र छनोट गर्नुपर्छ । 

प्रतिक्रिया