७ वटै प्रदेश लक्षित होन्डाको पर्व अफर

राम्रो अनलाइन     १२ असोज २०७८, मङ्गलबार
७ वटै प्रदेश लक्षित होन्डाको पर्व अफर

काठमाडौं– नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ प्रालिले दशैं, तिहार स्किम ‘होन्डाको साथ’ सार्वजनिक गरेको छ । नेपालमै पहिलो पटक ७ वटै प्रदेशलाई समावेश गरिएको यो योजनामा हरेक प्रदेशबाट होन्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । 

योजना अवधिभर होन्डाका ग्राहकले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी  १ लाखसम्म नगद उपहार प्राप्त गर्नेछन् । योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्म ९ वटा बोनस सर्भिस कुपन पाउनेछन् । होन्डा बिगबाइक खरिदमा ४० हजारसम्मको नगद फिर्ता पाइनेछ । 


योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआई र १ प्रतिशत ब्याजदरमा पनि होन्डा खरिद गर्न सकिने कम्पनीले बताएको छ । बम्परमा सहभागी १ जना ग्राहकलाई १५ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया