स्थानीय तहको निर्वाचनमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदमा निर्वाचित भएपछि मतदाताहरुलाई धन्यबाद दिदै मेयर अमिर मादेन ।

डोटीको जोरायल गाउँपालिकामा नेकपा (एमाले)बाट विजयी हुनु भएका अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा सहितका उम्मेदवार विजयी भएपछि सम्बोधनका क्रममा ।

नेकपा एमाले बेँसीशहर निर्वाचन कमिटिद्वारा मङ्गलबार बेँसीशहरस्थित फुलबारी मञ्चमा आयोजित विजय सभा कार्यक्रममा नवनिर्वाचित बेँसीशहर नगरको मेयर गुमानसिंह अर्याल ।

म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख र दुई वटा वडा जितेको नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार बेनी बजारमा निकालेको विजय ¥यालीमा सहभागी विजयी उम्मेदवार, नेता तथा कार्यकर्ता ।

रामपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका रमणबहादुर थापा निर्वाचित भएपछि उहाँलाई बोकेर नगर परिक्रमा गराउँदै युवा ।
_1652891294.jpg)
पर्वतको जलजला गाउँपालिकामा विजयी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनका उम्मेदवार । अध्यक्षमा काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा माओवादीका दीपक आचार्य (आकाश) निर्वाचित हुनुभएको छ ।
_1652891350.jpg)
सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिको अध्यक्षमा निर्वाचित नेकपा (एमाले) का दिनानाथ चौधरी ।

सुन्दरबजार नगरपालिकाको प्रमुखमा विजयीनेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला , उपप्रमुखमा विजयी एमालेकी भवानी केसीलगायत ।