५०४ कन्या श्रीकुमारी पूजा

राम्रो अनलाइन     ११ असोज २०८०, बिहिबार
५०४ कन्या श्रीकुमारी पूजा


काठमाडौं–युवा विश्व हिन्दु महासङ्घ हनुमानढोकाको आयोजनामा बुधबार ५०४ कन्या श्रीकुमारी पूजा सम्पन्न भएको छ । हनुमानढोका दरबार क्षेत्रमा येँया (इन्द्रजात्रा) को अवसर पारेर यो पूजा गरेको हो ।

ससाना बालिकाहरूलाई कुमारीको भेषभूषामा सजाएर अभिभावकहरू सो पूजामा सहभागी भएका थिए ।  हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कुमारीहरूको सामूहिक पूजा गरिएको छ ।

इन्द्रजात्राको अवसरमा ५०४ कुमारीको पूजा गरिएको छ। नेवार समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । महिनावारी सुरु नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिन्छ । कुमारी पूजा गरेमा बालिकाहरूलाई तलेजु भवानीले रक्षा गर्ने धार्मिक विश्वास छ । 

प्रतिक्रिया