काठमाडौं – वीर अस्पतालका निर्देशक डा.दिलीप शर्माले राजीनामा बुझाएका छन् । डा. शर्माले मंगलबार नै स्वास्थ्यमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।
हालै जारी भएको सार्वजनिक पदाधिकारी पदमुक्त सम्बन्धी अध्यादेशले उनलाई हटाउन नसक्ने भए पनि सरकारलाई काम गर्न सहज बनाउन र नयाँ व्यवस्थापनका लागि मार्गप्रशस्त गर्ने उद्देश्यले नैतिक आधारमा सो निर्णय लिएको डा। शर्माले बताएका छन् ।
स्वास्थ्य सेवाअन्तर्गत दशौ तहका कर्मचारी रहेका शर्मा २०८१ फागुनमा वीर अस्पतालको निर्देशकमा नियुक्त भएका थिए ।