नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र एनसीएचएलबीच सहकार्य

राम्रो अनलाइन     ०८ जेठ २०७८, शनिबार
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र एनसीएचएलबीच सहकार्य

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताको लागि सम्झौता भएको छ ।

सो सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् एनडीपीसीले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस प्रयोग गरी यसभित्र रहेका प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल–टाइम तथा नन–रियल टाइममा कारोबार तथा फर्छ्योट गर्न सक्नेछ भने एनडीपीसीले आफ्नो वित्तीय सेवाहरु डिजिटल माध्यमबाट ग्रामीण क्षेत्रमा पनि विस्तार गरी बैंकिङ पहुँच बढाउन थप पहल गर्नेछ ।

 

प्रतिक्रिया