प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बोलाए सर्वदलीय बैठक

राम्रो अनलाइन     १७ चैत २०८२, मङ्गलबार
प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बोलाए सर्वदलीय बैठक

काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सर्वदलीय बैठक बोलाएका छन् । बुधबार (चैत १८) दिउँसो १ बजे संसद् सचिवालयमा बस्ने गरी बैठक बोलाएका हुन् । 

‘संसद् बैठकको छलफल गर्न सर्वदलीय बैठक बोलाउने प्रचलन छ,’ संसद् सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले बैठक बोलाउनुभएको हो ।’

बिहीबार (चैत १९) दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ । सोही बैठकका विषयमा छलफल गर्न संसद्‌मा प्रतिनिधित्व गर्ने ६ दलको बैठक बोलाइएको हो । 

सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्यले संसद्को अध्यक्षता गर्नेछन् । उनले यही चैत १२ गते प्रतिनिधिसभाका सदस्यलाई शपथ खुवाएका थिए ।

प्रतिक्रिया