बालेन प्रधानमन्त्रीमा नियुक्त

राम्रो अनलाइन     १३ चैत २०८२, शुक्रबार
बालेन प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं – देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नियुक्त भएका छन् ।

शुक्रबार (चैत १३) बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

राष्ट्रपति पौडेलले शीतलनिवासमा एक समारोहबीच उनलाई शपथ गराउनेछन् । यसै दिन मन्त्रिपरिषद् विस्तारको तयारी छ ।

प्रतिक्रिया