काठमाडौं– नेपाली बजारमा सोमबार पनि सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य ४ हजार १ सय रुपैयाँले बढेको हो।
योसँगै तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको छ। त्यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ कायम छ।