कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई सोधियो स्पष्टीकरण

राम्रो अनलाइन     २५ माघ २०८२, आइतबार
कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई सोधियो स्पष्टीकरण

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टीले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाहीको प्रक्रिया थालेको छ ।

प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा संलग्न भएपछि सांसद पदबाट हटाउन नेकपा अग्रसर भएको हो । 

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले शर्मालाई लिखित स्पष्टीकरण मागेका छन् । माघ २२ गते २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र पठाइएकोमा शर्माले अहिलेसम्म स्पष्टीकरण नपठाएको बताइएको छ ।

उनलाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण मागिएको हो । शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिममा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

प्रतिक्रिया