काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र– ३ मा हालसम्म ६ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजुनाथ पाण्डेको उमेदवारी परेको छ ।
नेसनल मंगोल पार्टीबाट कुलबहादुर लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट डा.शेखर अर्याल, जनता समाजवादी पार्टीका प्रनीलध्वज कार्कीले उमेदवारी दर्ता गराएका छन् । कृष्ण बराल र सुरेशकुमार ढुंगानाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।