सोह्रौ–सत्रौँ शताब्दीमा युरोपमा बेहुला–बेहुलीको पहिलो रातको साक्षी बस्न एक हूल जम्मा हुने गर्थ्यो। विवाहको यस रिवाजअन्तर्गत नवविवाहित दम्पतीको विवाहलाई पूर्ण मान्यता दिन सुहागरातको दिन मान्छेहरूको एक समूह उपस्थित हुन्थ्यो। त्यो समूह नवदम्पतीको शारीरिक संसर्गको पनि साक्षी हुन्थ्यो।
परिवार, साथी र छिमेकीको हूलले दुलाहा–दुलहीको शयन समारोह नियाल्ने गर्थ्यो। त्यहाँ भोजभतेर र गानाबजाना पनि चल्थ्यो। व्यक्तिको विवाहमा समुदायको हिस्साका रूपमा यसलाई अथ्र्याइन्थ्यो। सुहागरात हेर्न जम्मा भएका मान्छे नवदम्पतीको वैवाहिक बफादारीको पनि साक्षी हुन्थे।
बेलायतका राजा चाल्र्स द्वितीय (सन् १६३०–१६८५) आफ्ना भतिजा विलियम अफ ओरेन्जको शयन समारोहमा उपस्थित थिए। उनले नवविवाहित भतिजा र उनकी पत्नीलाई एक समूहसहित उपस्थित भएर प्रोत्साहन पनि गरेका थिए।