हिमपातले हुम्लाको न्यालु सडक बन्द

राम्रो अनलाइन     २४ असोज २०८२, शुक्रबार
हिमपातले हुम्लाको न्यालु सडक बन्द

हुम्ला– अविरल हिमपातका कारण न्यालु सडक अवरुद्ध हुन पुगेको छ। नाम्खा गाउँपालिका–६ को लिमी उपत्यका जोड्ने न्यालु सडक अवरुद्ध भएपछि लाप्चा नजिक छ वटा सवारीसाधनमा यात्रा गरेका आन्तरिक पर्यटक अलपत्र छन्।


सिमकोट गाउँपालिका–५ का उब्जन रावतका अनुसार न्यालु सडक अवरुद्ध हुँदा आन्तरिक पर्यटकलाई गन्तव्यसम्म पुग्न सास्ती भएको छ भने बाक्लो हिमपातका कारण हिँड्न पनि कठिन भएको छ। सडकमा जमेको हिउँ पन्छाउन चार दिन लाग्ने उनले बताए।

समुद्र सतहबाट न्यालु पाँच हजार मिटरको उचाइमा छ। हिमपातका कारण तिल, हल्जी र जाङका बासिन्दा अधिक प्रभावित भएका छन्।

प्रतिक्रिया