एमआरआई मेशिन खरिदमा घोटाला गरेको आरोपमा राप्ती स्वास्थ्यकी पूर्वउपकुलपतिसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राम्रो अनलाइन     २३ असोज २०८२, बिहिबार
एमआरआई मेशिन खरिदमा घोटाला गरेको आरोपमा राप्ती स्वास्थ्यकी पूर्वउपकुलपतिसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दाङ– एमआरआई मेशिन खरिदमा घोटाला गरेको आरोपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

आफ्नो अनुसन्धानले एमआरआई मेसिन खरिदमा घोटाला गरेको पाइएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा दर्दा गरेको जनाएको छ ।

भण्डारीसहित यो प्रकरणमा १३ जना प्रतिवादी रहेका छन्। भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।

प्रतिक्रिया