कोहलपुर इप्रकाको हिरासतमा थुनुवाको मृत्यु

राम्रो अनलाइन     २३ भदौ २०८२, सोमबार

दाङ– इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एकजना मृत्यु भएको छ ।

ज्यान मार्ने कसुरमा सोधपुछका लागि तीन दिनदेखि हिरासतमा राखिएका ३८ वर्षीय वीरेन्द्रबहादुर सिंहको मृत्यु भएको बाँके प्रहरीका प्रवक्ता डीएसपी  जानकारी दिए ।

मृतक सिंहको मृत्युको कारण र उनलाई कति दिनको म्याद थपिएको थियो भन्ने विषय प्रहरीले खुलाएको छैन । डिएसपी पातलीका अनुसार उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु आज बिहान मृत्यु भएको हो । मृतकका आफन्त अहिले इप्रका कोहलपुरमा पुगेका छन् ।

प्रतिक्रिया