सारी लगाएर पानीमा डुबुल्की मार्दा बोल्ड देखिन्छिन् मलिना (तस्बिरहरू)

राम्रो अनलाइन     ३१ साउन २०८२, शनिबार
सारी लगाएर पानीमा डुबुल्की मार्दा बोल्ड देखिन्छिन् मलिना (तस्बिरहरू)

पूर्वमिस नेपाल, मोडल तथा अभिनेत्री मलिना जोशीको धार्मिक र आध्यामिक प्रेम नयाँ रहेन । बेला बेलामा उनी नेपाल र भारतका धार्मिक तीर्थस्थल घुम्छिन् र भगवानप्रति स्नेह दर्शाउँछिन् ।

उनी यसैवर्ष भारतको प्रयागराजमा आयोजित महाकुम्भमा पनि सहभागी रहिन् । त्यसपछि विभिन्न तीर्थस्थल पनि घुमेकी छन् । उनले सामाजिक संजालबाट प्रशंसकलाई अपडेट दिँदै आएकी छन् ।

उनले शुक्रबार नयाँ फोटो सार्वजनिक गरेकी छिन् जसमा उनको साउने व्रत र धर्मकर्मको लुक्स देख्न सकिन्छ । ‘‘सावन बितो जाए पहरवा, मन मेरा घबराए रे’ उनले लेखेकी छन् ।

फोटोमा उनलाई सारी लगाएर पानीमा डुबुल्की मारेको देख्न सकिन्छ । सारी लगाएर पानीमा डुबुल्की मार्दा बोल्ड देखिएकी छिन् मलिना । 

प्रतिक्रिया